गुल्मी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम मुसिकोटमा सम्पन्न भएको छ ।
गोल्डेन फ्यूचर एकेडेमी मुसिकोट नगरपालिका -७, वामीटक्सारमा सम्पन्न कार्यक्रममा एन प्याब्सनमा आबद्ध जिल्ला भित्रका संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले नेपालको शैक्षिक विकासमा नीजि क्षेत्रको भुमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
नेशनल प्याब्सन गुल्मीका अध्यक्ष ओम बहादुर टण्डनले विद्यालय स्तरमा रहेका प्रतिभाहरुको उजागर गर्ने र त्यस्ता प्रतिभाहरुलाई जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरसम्म पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा वामी श्रोत केन्द्रका पूर्व श्रोत व्यक्ति टंकनाथ भण्डारी, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, गोल्डेन फ्यूचर एकेडेमीका प्रबन्ध निर्देशक गोपीकृष्ण खरेल, सञ्चालक समिति अध्यक्ष महेश बहादुर जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, रुद्रावती बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष भुवन के.सी, श्री कृष्णहरी रुद्रातवी सापकोटा आँखा उपचार केन्द्रका अध्यक्ष अग्नीधर लोहोनी, नेशनल प्याब्सन लुम्बिनी प्रदेश सदस्य सरोज गुरुङ, उपाध्यक्ष पदम टण्डन सह सचिब बसन्त अधिकारी, गोल्डेन फ्यूचर एकेडेमीका प्रिन्सिपल लोकनाथ सापकोटा, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष लक्ष्मण फुल्लेल, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन गुल्मीका सचिव सुनिल बस्नेतले गर्नुभएको थियो ।