काठमाडौं, १२ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो कुनै नीति तथा कार्यक्रम नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘कार्यक्रम छैन, भिजन छैन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य सन्तव्य केही छैन’, ओलीले भने, ‘यति मात्रै होइन काँग्रेससँग नेकपा एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन ।’

