नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको बाह्रौं अधिवेशन सम्पन्न भएको छ ।
गुल्मी तम्घासको बाल मन्दिरमा भएको कार्यक्रममा गुल्मी जिल्लाका प्रतिनिधिमुलक क्रियाशिल सदस्यहरुको उपस्थितिमा अधिवेशन गरिएको गुल्मी जिल्ला युवा संघका ईन्चार्ज बसन्त अधिकारीले बताउनु भयो ।
अधिवेशनको खुल्ला सत्र कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादीका केन्द्रिय उप महासचिव लुम्बिनी प्रसाद ईन्चार्ज तथा पुर्व मन्त्री मेटमणि चौधरीले पार्टी सानो ठुलो भन्दा पनि पार्टीको मुल उदेश्य र कार्यक्षेत्र महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथी पार्टीको पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री राम कुमारी झाक्रीले आफु शहरी मन्त्री हुँदा गुल्मीमा बिभिन्न मन्त्रालयमार्फत अरबौको बहुवर्षिय योजना पारेको र अहिले स्थानिय तह र शासदले ति योजनाको काम गरेर जस लिईरहेको बताउनु भयो ।
अधिवेशनमा जिल्ला अध्यक्ष श्रीराम महतले जिल्लाको पार्टीको वर्तमान अवस्था चुनौति र जिम्मेवारीको बारेमा छर्लङ पार्नु भएको थियो ।
जिल्ला अध्यक्ष श्रीराम महतको अध्यक्षता, केन्द्रिय उप महासचिव लुम्बिनी प्रसाद ईन्चार्ज तथा पुर्व मन्त्री मेटमणि चौधरीको प्रमुख आथित्यता र सचिब सुरेन्द्र कंडेलको संचालनमा सम्पन्न अधिवेशनमा उपाध्यक्ष राम मल्ल ठकुरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सल्लाहकार समिटी संयोजक हरी प्रसाद छन्तेल, जिल्ला ईन्चार्ज प्रमेश पोखरेल, पोटिट्ब्युरो सदस्य राम कुमारी झाक्री र केन्द्रिय महासचिव मेटमणि चौधरीले प्रशिक्षण तथा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
१२औं अधिवेशनमा भेलाले राम मल्ल ठकुरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ जसको उपाध्यक्षमा रामजी ज्ञवाली र कमला बराल, सचिब बसन्त अधिकारी, उप सचिब सन बहादुर बुचा र साबित्रा पाण्डे भण्डारी चयन भएको जिल्ला अध्यक्ष श्रीराम महतले बताउनु भयो ।