प्यूठान – प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।गौमुखी गाउँपालिका २ अर्खाका ७५ बर्षिय तान बहादुर बि.कलाई खोलाले बगाएको हो । घरबाट गोठ जाने क्रममा उनलाई स्थानीय घट्टेखोलाले बगाएको प्रहरीले बताएको छ । उनको स्थानीयबासी र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।साभार: सामुदायिक रेडियो माण्डवी
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com