गुल्मी: प्रेस चौतारी नेपाल गुल्मी को अध्यक्षमा नारायण प्रभात मरासिनी सर्वसम्मत निर्वाचित भएका छन्। बिहिबार सम्पन्न १०औं जिल्ला अधिवेशनले मरासिनी को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा अर्जुन भण्डारी, महिला उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा सूर्य सुनार, सह-सचिवमा गोकर्ण पाण्डे,महिला सह सचिवमा स्नेहा नेपाली र कोषाध्यक्षमा विष्णु पाण्डे( कोसिस) निर्वाचित भएका हुन्।
यस्तै, सदस्यहरूमा रामकृष्ण कँडेल, सज्जन ढकाल,लक्ष्मण सुनार, चिरञ्जीवी ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले ज्ञानबहादुर महतरा र गगनशिला खड्का लाई केन्द्रीय प्रतिनिधि, लोकप्रसाद छन्त्याल, गंगा खड्का प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।