बडागाउँ हेल्थ पोष्ट ल्याव भवन र ठुलोपोखरा पार्कको शिलान्यास कार्यक्रम एकैसाथ सम्पन्न भएको छ ।
राष्ट्रिय सभा सदस्य मा. विष्णु कुमारी सापकोटाको पहलमा शहरी बिकास मन्त्रालयबाट विनियोजन भएको ब्लकमा १ करोड बजेट टेन्डर भै ल्याव भवन र पार्कको काम शुरु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय विष्णु कुमारी सापकोटाले स्वास्थ्य जस्तो सवेदनशिल क्षेत्रमा अत्यान्तै जिम्मेवार भएर काम गर्न स्थानिय तहलाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य चौकीका लागि माननियबाट गत वर्ष पनि १ थान सेन्ट्रीफ्युज मेसिन उपलब्ध गराउनु भएको र यो पटन पुन १ थान माईक्रोस्कोप समेत हस्तान्तरण गर्नु भएको स्वास्थ्य चौकी प्रमुख मनोज श्रेष्ठले बताउनु भयो ।
हामीले ल्याव भवनको आवश्यकता महशुस गरि अनुरोध गरेको एक वचनमै माननिय ज्यु ले वजेटको व्यवस्था गरिदिनु भएको मुसिकोट ३ का वडा सदस्य थम्मन बहादुरले घिमिरेले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै युवा नेता श्रीराम महतले प्रदेश र संघबाट मिहिनेत गरि लिएका वजेट नगरपालिकाले कार्यन्वयन नगर्दा फ्रीज जाने समस्या देखिएकोले आगामी दिनमा यसो नगर्न समेत सुझाव दिनुभएको थियो ।
कार्यक्रममा समाजसेवी पृथ्वी वहादुर थापा, पार्टी प्रतिनिधिहरु झविलाल भण्डारी, श्रीराम महत, खुम बहादुर थापा, मुसिकोट २ का वडा अध्यक्ष रबिन्द्र के. सी., जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवराज खरेल जिवन लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मुसिकोट नगरपालिका वडा नं. ३ वडा अध्यक्ष शंकर बहादुर रायमाझीको अध्यक्षता, राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाको प्रमुख आतिथ्यता, नगर प्रमुख जिवराज खरेल जिवनको विषेश आतिथ्यता र वडा सचिव दाम बहादुर सोमैको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य चौकीका खोप समितिका सदस्य बसन्त अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय समाजसेवी बुद्धिजिवी, संघ संस्था प्रमुख, पत्रकार लगायतको उपस्थित रहेको थियो ।