गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३ मा अवस्थित बडागाउँ ज्ञानकुन्ज ई. बोर्डिङ स्कुलमा वर्षमा कुनै पनि सार्वजनिक बिदामा बिदा नहुने विद्यालय हो ।
मुसिकोट नगरपालिकाको एकमात्र कुनै पनि सार्वजनिक बिदामा बिदा नहुने विद्यालयले शैक्षिक वर्ष २०८१ मा २६९ दिन पढाई गरेर रेकर्ड कायम गरेको छ जुन स्कुलले आफुलाई एकपछि अर्को सफलता हासिल गर्दै आइरहेको छ शैक्षिक बन्न सफल भएको शैक्षिक व्यक्तित्व पृथ्वी बहादुर थापाले बताउनु भयो ।
कक्षा नर्सरी देखि कक्षा ७ सम्म संचालित यस विद्यालय २०६५ सालमा स्थापन भएको हो । स्थापना देखि नै आफुलाई अङ्ग्रेजी माध्यममा अब्बल बनाउन सफल यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु धेरै उच्च ओदाहमा स्थापित हुन सफल भएका छ्न संचालक लोक बहादुर कार्कीले बताउनु भयो ।
“जग राम्रो भए घर बलियो हुन्छ” भन्ने धारणा अनुसार भोलिका भविष्यका कर्णधार बालबच्चाको जग राम्रो बनाउनका लागि गुणस्तरीय व्यवहारिक प्राविधिक शिक्षा, हाम्रो प्रतिवद्द्ता” भन्ने मुख्य उदेश्यसहित जिवनका सबै अवसर छोडि लागेको स्थापना कालदेखि प्रधानध्यापक गरिरहनु भएका संस्थाका संचालक तथा प्रअ बसन्त अधिकारीले बताउनु भयो ।
मुसिकोट-३, ठुलोपोखरा निवासी शैक्षिक व्यक्तित्व पृथ्वी बहादुर थापा, अर्जुन बहादुर थापा, लोक बहादुर कार्की, हुतानन्द घिमिरे र भिम बहादुर कार्कीले अङ्ग्रेजी स्कुलको कन्सेप्ट बनाई स्थापना गरिएको यो विद्यालय स्थापना पछि बसन्त अधिकारीलाई संस्था संचालनको पुर्ण जिम्मेवारी सहित हस्तान्तरण गरिसकेपछि विद्यालयको कन्सेप्ट अनुसार कार्य गरिएको संचालक हुतानन्द घिमिरेले बताउनु भयो ।
अङ्ग्रेजी माध्यमको विद्यालयमा विद्यार्थीहरुलाई पढाइका अलवा घरायसी सस्कार र कामका साथै बिज्ञान तथा शैक्षिक सामाग्रीहरु निर्माण, व्यवहारिक ज्ञानको सिकाई, सबै प्रकारका अतिरिक्त कृयाकलापहरु गराई बच्चाको अन्तर्निहित प्रतिभालाई पहिचान गरि उनीहरुको रुचि ,चाहाना र क्षमता अनुसारको शिक्षण सिकाई क्रियाकलापमा सरिक बनाईने गरिएको स्थानिय महिला समाजसेवी साबित्रा घिमिरेले बताउनु भयो ।
यस विद्यालयमा वर्षको २/३ वटा खुल्ला प्रकारका कार्यक्रम हुने गर्दछन भने वातावरण सरसफाई, बृक्षरोपण जस्ता सामाजिक उतरदायित्वका कार्य बिभिन्न युवा तथा स्थानिय स्तरमा रहेका प्रतिभालाई प्रस्फुटन गरि बाहिर निकाल्ने र समाजका सामाजिक व्यतित्वहरुलाई सम्मान पनि गर्दै आईरहेको जनप्रतिनिधि थम्मन बहादुर घिमिरेले बताउनु भयो
सस्तो र सुलभ शुल्कमा ज्ञान लिन सकिने गरि व्यवस्थापन गरिएको यस विद्यालयमा बच्चाको स्वास्थ्यलाई पुर्ण ख्याल गर्दै जुनसुकै प्याकेटिङका खानाहरु बन्द गरि ताजा पकाएको खानेकुरा कुवाइने गरिन्छ साथै शुद्ध फिल्टरिङ खानेपानीको समेत व्यवस्था गरिएको छ शिक्षक अभिभावक संघका अध्यक्ष मान बहादुर कार्कीले बताउनु भयो ।
एउटा कक्षामा सिमित २० जना भन्दा बढि भर्ना नलिने यस विद्यालयमा कक्षा नर्सरीमा देखि कक्षा ७ सम्म नयाँ भर्ना खुलेको र कक्षा एल.के.जी., यु.के.जी., एक र कक्षा २ मा सिट पुर्ण भइ सकेको र बाकी कक्षामा यहि चैत्र ३१ गतेसम्म भर्ना गर्न सकिने र १ गते नंया वर्षको दिन क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम र २ गते नव आगन्तुक विद्यार्थीको लागि प्रवेश परिक्षा र स्वागत कार्यक्रम आयोजना गरि चैत्र ३ गतेबाट कक्षा पुर्ण रुपमा संचालन गर्ने योजना बनाईएको प्रअ बसन्त अधिकारीले बताउनु भयो ।