मुसिकोट वचत तथा ऋण सहकारी संस्था लि. गुल्मीको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले कर्ण बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्बिरोध निर्वाचित भएको छ जसको उपाध्यक्षमा सीता सिंह, सचिब वसन्त अधिकारी, सह -सचिब दिनेश सिंह ठकुरी, कोषाध्यक्ष दुर्गा बहादुर खड्का निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा ऋषिराम कार्की, गणेश कुवर, साबित्रा घिमिरे, साबित्रा परियार, लक्ष्मी परियार, सुनमाया बगाले निर्वाचित हुनु भएको छ ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा असोक बहादुर सोमैको संयोजकत्वमा ३ सदस्यीय समिती निर्बिरोध गठन भएकको छ जसको सदस्यहरुमा सुनिता पचाभैया र करिश्मा परियार रहनु भएको निर्वाचन मन्डलला संयोजक अनन्तलाल भण्डारीले बताउनु भयो ।
संचालक समितिको कार्यअवधी पुस मसान्त सम्म भएपनी थप सक्रिय टिम बनाउनका लागि यहि असोज १८ गते शुक्रवार पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशन गरिएको संस्थाका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले बताउनु भयो ।
संस्था स्थापना छोटो समयमा ग्राहकलाई वचत, ऋण प्रवाह तथा रेमिटेन्स सेवा दिदै आईरहेको यस संस्थाले स्थापनाको छोटो समयमै आफ्नो सेवालाई बिस्तार गर्दै धेरै भन्दा धेरै सदस्यहरुको माझ पुग्न सफल भएको छ ।
कर्जा असुली दर सतप्रतिशत र कुनै पनि कोषहरुको रकम खर्च नगर्नु संस्थाको बलियो पक्ष देखिन्छ ।
स्थापनाको पाचौ वर्ष पुग्दै गर्दा संस्थाले १ करोड ९७ लाख १ हजार ५ सय १३ बराबरको कारोवार गर्न सफल भएको, सदस्य संख्या ३५६, समूह १७ , कर्जा लगानी ८४ जना, कर्जा असुलि दर शतप्रतिश रहेको सहकारी सन्स्थाले सबै कोषमा रकम सारेर करिब ९ लाख नाफा कमाई शेयर सदस्यलाई लाभांश वितरण गर्न लागिएको संस्थाका लेखा सुपरिवेक्षण समिती संयोजक बसन्त अधिकारीले बताउनु भयो ।
पाचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन संचालक समिती अध्यक्षता, मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको प्रमुख आतिथ्यता र लेखा सुपरिवेक्षण समिती संयोजक वसन्त अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, नगरपालिका प्रतिनिधि, सहकारी संघ प्रतिनिधि, विभिन्न बिद्यालय तथा संघ संस्था प्रतिनिधि पत्रकार, बुद्धिजिवी समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।