साउन ०९, पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिका वडा न १ ख्याहाका वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले वडाका अस्थायी कर्मचारीहरूलाई राजनीतिक आस्थाकै आधारमा वडामा हाजिर गर्न नदिएको कर्मचारीहरुले जनाएका छन् ।
गाउँपालिकाले १० जना करारका कर्मचारीलाई हटाउने निर्णय गरी पद मुक्त गराए सँगै उक्त विषयलाई लिएर वडा अध्यक्ष पोखरेलले कर्मचारीहरूलाई हाजिर गर्न नदिएको कर्मचारीहरुले जनाएका छन् ।स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष पोखरेले वडाका कृषि प्राविधिक, कार्यालय सहायक सहित ३ जना अस्थायी कर्मचारीहरूलाई हाजिरी हुनबाट बन्चित गराएको कर्मचारीहरुले जनाएका छन् ।
वडा अध्यक्ष पोखरेलसँग प्रतिकृया लिदा रिब्दीकोट गाउँपालिकाले पालिकाका १० अस्थायी कर्मचारीलाई हटाइएको कारण आफूले पनि वडाका कर्मचारीहरूको हाजिर नगराएको बताउनुभयो ।

