अनिल खत्री
२० चैत, गुल्मी । ६८ औं सहकारी दिवसको अवसरमा गुल्मी जिल्लाका ४ वटा सहकारी सम्मानि भएका छन् । जिल्लाका मैत्री बहुउद्देश्यीय सहकारी संस्था, अम्मरकल्यण महिला विकास सहकारी संस्था, बाँसखर्क कृषि सहकारी संस्था र लेकाली स्वाभलम्बन वचत तथा ऋण सहकारी संस्था सम्मानित भएका हुन् ।
सहकारी क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सम्मान गरेका हुन् । दिवसको अवसरमा जिल्ला शहकारी संघको आयोजनामा तम्घासमा करिव ४० वटा संस्थाले सयुक्त रुपमा सहकारी कर्मीको प्रभातफेरि सहित कार्यक्रम गरेका थिए ।
समाजमा सहकारी प्रति बढ्दै गइरहेको निरासालाई चिर्नका लागि बृहद कार्यक्रम गरिएको जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले बताए । जिल्लामा सहकारी प्रति बढदो जनलहर रहेको उनले बताए ।
दिवसको अवसरमा सहकारी आन्दोलनका इतिहास र सहकारी संस्थाहरूको महत्वलाई समर्पित गर्दै स्थानीय सहकारी संस्थाका सदस्यहरू, कर्मचारीहरू र समाजका विभिन्न व्यक्ति सहभागी भए । सहभागीहरूले सहकारी आन्दोलनको महत्त्व र यसको समाजमा पुर्याएको योगदानको बारेमा नारा लगाउँदै जुलुस निकाल्दै बजार परिक्रमण गरेका थिए ।
यस अवसरमा सहकारी संस्थाका विभिन्न पदाधिकारी, सदस्य र सामाजिक क्षेत्रका अग्रणी व्यक्तिहरूले शहकारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि एकता र समन्वयको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका लुम्बिन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारी संस्थाहरूको भूमिका समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण रहेको बताए ।
उनले सहकारी आन्दोलनलाई अझ प्रगति र समृद्धिको बाटोमा लैजान सबैलाई एकजुट भएर काम गर्न आह्वान गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, लुम्बिन प्रदेशका सांसद डिल्लीराज भुसाल लगायतका जिल्लाका सहकारी कर्मीहरुदे सहकारी दिवसको महत्वको बारेमा चर्चा गरेका थिए ।
जिल्लामा करिव ४ सय वटा सहकारी रहेको जिल्ला शहकारी संघ गुल्मीका प्रमसख युवराज आचार्यले बताए । जिल्ला शहकारी संघमा भने १०२ वटा शहकारी संस्था आवद्ध रहेका छन् ।
पछिल्लो समय स्थानीय तहमै सहकारी संस्था दर्ता हुने भएकाले जिल्ला सहकारी संघमा आवद्ध हुनेको संख्यामा कमी रहेको छ ।