ईन्धन र गाडीको दुरुपयोग गरेको आरोप लागेको मुसिकोट नगरपालिकाले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
नगर प्रवक्ताले हस्ताक्षर गरेको प्रेस विज्ञाप्तिमा नगरपालिकाको कार्य सम्पादकका लागि एकै दिन धेरै गाडी प्रयोग गर्नु परेको बताईएको छ भने इन्धनको सफ्टवेयरमा ईन्ट्री गर्दा त्रुटि भएको बताईएको छ तर डिजेल लाग्ने गाडीमा पेट्रोलको ईन्ट्री गरेको केहि खुलाईएको छैन ।
नगरप्रमुख जिवराज खरेल ( जिबन), प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी र प्रवक्ता हरीहर सापकोटा जवाफदेही वक्ताको रुपमा उपस्थित कार्यक्रममा नगर उप प्रमुख गंगा श्रेष्ठको उपस्थित रहेन ।
पत्रकार सम्मेलन पछि प्रेस विज्ञाप्ति पढेर स्थानिय जनताहरु झन आक्रोसित भएको जनप्रतिनिधि थम्मन बहादुर घिमिरे क्षेत्रीले बताए । नगरपालिकाले भष्ट्र्चार गरेर जनताको आखामा छारो हाल्ने खालको जवाफ दिएको स्थानियले बताएका छन ।

