गुल्मी: हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरु तिजगित दर्शक तथा स्रोताहरुलाई पस्कन भ्याई नभ्याई हुँदै गर्दा अर्घाखाँचीमा जन्म लिई बुटवलमा कर्म बनाउदै आएका लाेक तथा दाेहाेरी गायक बसन्त लम्सालले तीज गीत “बाहुनी मन पर्छ “बजारमा ल्याएका छन ।
पुनराज बेल्बासेकाे शब्दमा सजिएकाे गितमा वसन्त लम्साल,शिलु भट्टराई,नारायण बिपि परियार,रितु बाेहराकाे आवाज दिएका छ्न भने निशान बि.क. रियान बस्याल,एलिना रायमाझी ,रमेश पाईजामगर,पार्वता श्रेष्ठ अभिनय रहेको छ । उक्त गित Basanta lamsal काे युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।पछिल्लो समयमा तिज गितहरुमा देखिएकाे अश्लीलता र साँस्कृतिक विकृति विरुद्ध भावना र संस्कृति जगेर्ना गर्न याे माैलिक तिज गित बजारमा ल्याएकाे लम्सालले जनाएको छन।
बिगत २०६८ सालदेखि साङ्गीतिक यात्रामा अगाडी बढेका वसन्त लम्साल काे पहिलो एल्बम “बिछाेडकाे घाउ” बाट साङ्केतिक यात्रा शुरु गरेका बसन्त श्रद्धाञ्जली नदेउ आम्मालाई ,प्रपाेज ,शाेकाकुल र केही समय अगाडि रिलिज भएको मगरनीकाे तिनपाने गीत निकै चर्चामा पनि रहेको छ। वसन्त लम्साल नेपाली लाेकसङगित क्षेत्रमा उदाउदै गरेका एक प्रतिभाशाली गायक हुन । उनले लाेकदाेहाेरी गितहरु मार्फत दर्शक तथा श्राेताकाे मन जित्दै आएका छन उनको आवाजमा मिठास,भावनात्मक र नेपाली लाेक संस्कृतिप्रतिकाे प्रेम समेत झल्किन्छ।
गायनका अलवा सामाजिक काम गर्न रुचाउने बसन्त धेरै संघ संस्थाहरुमा आवद्ध भएर समाज सेवा गरिरहेका छन ।https://youtu.be/uzUTcVJ2q4M?si=m67Z5FOO49Majf-a&fbclid=IwZXh0bgNhZW0BMQABHuCX-ZVqWa3vv7lN2gAQPbx37URu-qChxWY6CH603gBK9UQ4XA5vhZ-0SVLA_aem_kwQ6KNfiNCjvEhCV3zTzuw