अनिल खत्री, गुल्मी । मुसिकोट नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा ६९६ जना बसाइँ सरेका छन् । यो अवधिमा नगरपालिकामा जम्मा ७१ जना भित्रिएका छन् । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो ।
मुसिकोट नगरपालिकामा विदेशिनेको संख्या पनि धेरै छ । उनीहरु फर्किएपछि अर्काे ठाउँमा सर्ने गरेका छन् । यसले पनि बसाइँ सर्नेको संख्या बढेको हो ।
गाउँका युवाहरु विदेशिनुका साथै बसाइसराइँ भएपछि गाउँ सुनसान बन्दै गएको स्थानीयवासी बताउँछन् । बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् ।

