कार्तिक २९,गुल्मी – गुल्मीमा एक जना बृद्धा मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका ५ दरिङगुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आफ्नै घरमा थापा मृत अबस्थामा भेटिएको खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेल सहितको टोलि घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।
मृत थापाको घरको ढोकाको ताल्चा लगाएको र उनको नाक कानमा कुनै गहना नभएकाले मृत्यु रहस्यमय देखिएको छ । वृद्वाको २/३ दिन पहिल्यै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

