नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट गुल्मी क्षेत्र नं. २ बाट तारा चिन्ह लिएर उम्मेदवार बनेका गुल्मीकै कान्छो उम्मेदवार श्रीराम महत जितको नजिक रहेको बताईएको छ ।
तारा चिन्हबाट गुल्मी क्षेत्र नं २ बाट उम्मेदवार दिएका श्रीराम महत गुल्मी जिल्लाकै कान्छो युवाहरुको ढुकढुकी भएका युवा उम्मेदवार हुन ।
सानै देखि राजनितिमा लागेका श्रीराम महत गुल्मी मुसिकोट-२, अमराईमा २०४७ सालमा जन्मनुभएको हो । उहाले प्राथमिक विद्यालय गाउँकै विद्यालयबाट गरि निम्न माध्यमिक र माध्यमिक शिक्षा गुल्मीको सदरमुकाम तम्घासबाट गर्नु भयो ।
कक्षा ९ देखि नै अनेरास्ववियुको राजनितिमा लाग्नु भएका महत उच्च शिक्षा गुल्मीकै रेसुङा बहुमुखी क्यामसबाट गर्नु भएको हो ।
उहाँ गाउँको समस्या बुझेका उम्मेदवार हुनुहुन्छ । उहाँ मिलनसार कर्तब्यबोध र बिकासबादी युवाको रुपमा परिचय बनाउनु भएको छ ।
रेसुङा बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट
स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा निर्वाचित हुनु भएको हो । उनलाई अहिले काङ्ग्रेस एमाले लगाएत सबै पार्टीका युवागरुले समर्थन गरेका छ्न उनलाई भेटघाट गर्नेको जहाँ गयो तेहि भिड लाग्ने गरेको छ ।

