नेपाली सांगीतिक बजार अहिले तीजमय बन्दै गएको छ। हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आउन केही दिन बाँकी छँदै, तीज विशेष गीतहरू धमाधम सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ।
यसै क्रममा चर्चित लोकदोहोरी गायिका सिता राना मगर को स्वरमा सजिएको तीज विशेष गीत “आहा मेरो राजै” सार्वजनिक भएको छ। गीतमा सिता राना मगर र ऋषी खड्का को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द सिता राना मगरको हुन् भने संगीत तथा थेगो ऋषी खड्काले तयार पारेका हुन्।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। साथै, छायांकन बुद्ध थापा र सम्पादन नविन घर्ती मगर ले गरेका हुन्। भिडियोलाई आकर्षक ढंगले तयार गरिएको छ, जसमा बिमल अधिकारी र स्मारिका ढकाल ले अभिनय गरेका छन्।
उक्त गीत सिता राना मगरकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सधैँजसो मेला तथा महोत्सवमा व्यस्त रहने सिता राना मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सह-सचिव समेत हुन्। उनी विभिन्न संघसंस्थामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन्।
तीजको उत्सवलाई अझ उल्लासमय बनाउने गीत “आहा मेरो राजै” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: