बसन्त अधिकारी, गुल्मी।
तोलादी प्राथमिक विद्यालय मुसिकोट ३, तोलादीका विद्यार्थीहरुलाई न्यानो कपडा ( स्कुल युनिफर्म) वितरण एक कार्यक्रम सम्पन्न भएको छ ।
मुसिकोट वडा नं. ३ तोलादी निवासी स्व. भिम बहादुर खत्रीको सम्झनामा उहाँको श्रीमती जयकला खत्री, छोराहरु ईन्द्र बहादुर खत्री, देव बहादुर खत्री बुहारीहरु कृपा खत्री, लक्ष्मी खत्री तथा खत्री परिवारले विद्यालयका ३३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट सेट, कपी पेन्सिल र खाजा वितरण गर्नु भएको हो ।
बुवाको सम्झनामा आमा र २ भाई मिलि कपडा तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको ईन्द्र बहादुर खत्रीले बताउनु भयो ।
कार्यक्रमको अवसरमा आफ्नो छोरा सुनिल कार्की बैवाहिक जिवनमा बाधेको सुखद अवसर पारेर चन्दादाता तथा समाजसेवी तिलक कार्कीले विद्यालयको लागि रु ५ हजार सहयोग स्वरुप प्रदान समेत गर्नुभएको छ ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रस्तुत गर्दै मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले आफुले कमाएको आम्दानीको कम्तिमा १% समाजका लागि लगानी गर्न अनुरोध गर्दै महान कार्यका लागि खत्री परिवारलाई धन्यबाद व्यक्त गर्नुभएको थियो ।त्यस्तै शुभकामना मन्तब्य प्रस्तुत गर्दै पुर्व शिक्षक मधु मल्ले महान दिल भएका खत्री परिवारप्रती आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष, पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पधाधिकारीहरु पुर्व प्रअ, पुर्व शिक्षक, चन्दादाता, स्थानिय समाजसेवी बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान गिरीको अध्यक्षता, प्रधानध्यापक यम प्रसाद ओलीको स्वागत मन्तब्य र पुर्व शिक्षक अर्जुन परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।