मुसिकोट, गुल्मी: तोलादी संस्कृति संरक्षण मंचको आयोजनामा यहि भाद्र ७ गते कुशे औंसीको दिन खुल्ला तिगगित प्रतियोगिता तथा तिज मेला हुने भएको छ ।
संस्थाको २०८२ साउन २२ गते बसेको बैठकले उक्त दिन बिगतका वर्ष जस्तै तोलादी प्राथमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष विष्णुराज भण्डारीले बताउनु भयो ।
कार्यक्रममा प्रथम पुरस्कार रु. एघार हजार र प्रमाणपत्र, दोस्रो पुरस्कार रु. नौ हजार र प्रमाणपत्र, तेस्रो पुरस्कार रु. सात हजार र प्रमाणपत्र साथै चौथो पुरस्कार रु चार हजार र प्रमाणपत्रको व्यवस्था गरिने संस्थाका सचिव अर्जुन परिवारले जानकारी दिनुभयो ।
विगत तोलादी प्राथमिक विद्यालयको आयोजना हुँदै गरेको यो कार्यक्रम बिगत २०८१ सालदेखि तोलादी संस्कृति संरक्षण मञ्च गठन गरि हुने गरेको तोलादी प्राथमिक विद्यालयका पुर्व प्र.अ. तथा यस संस्थाका सल्लाहकार मधु मल्लले बताउनु भयो ।
संस्था गत २०८१ सालमा गठन भै बिभिन्न स्थानिय संस्कृति संरक्षण गर्न अगाडी बढिरहेको छ ।
बैठकमा कार्यक्रम भब्य रुपमा सफल बनाउन बिभिन्न उप समितिहरु निर्माण गरिएको छ जसमा आर्थिक उप समिति ऋषिराम गिरी गिरीको संयोजकत्वमा तिलक बहादुर कार्की र ईन्द्र बहादुर खत्री, अतिथी सत्कार सल्लाहकार मधु मल्लको नेतृत्वमा हुनेछ,प्रचार प्रसार उप समिति सालिक खत्रीको संयोजकत्वमा मान गिरी र राम बहादुर घिमिरे,युवा परिचालन उप समितिमा गणेश कुंवरको संयोजकत्वमा घनश्याम भण्डारी, गोबिन्द कुवर रहनुभएको छ।
जन्मभुमिको पहिचान बनाउने कार्यक्रम रहेकोले सहयोगका लागि देश तथा विदेशमा रहनु भएका सबैलाई आग्रह आर्थिक संयोजक तथा युवा नेतृत्व हाल चेक रिपब्लिकमा बसोवास गर्नुहुने ऋषिराम गिरीले आग्रह गर्नु भएको छ ।