गुल्मी: विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा डिस्ट्रीक्ट ३२५C, ३२५M र ३२५P अन्तर्गतका १८ वटा लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा “Mental Health & Well-Being” सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले मानसिक स्वास्थ्यप्रति जन–चेतना मात्र होइन, आत्म–जागरणको सशक्त सन्देश पनि प्रवाह गरेको छ।
अक्टोबर ९ मा आयोजित पहिलो सत्र “Mental Health, Self-Esteem & Emotional Wellbeing” मा ११५ भन्दा बढी सहभागीहरूको सक्रिय सहभागिता रह्यो। दुई घण्टा भन्दा बढी समयसम्म चलेको सत्रमा सहभागीहरूले मानसिक स्वास्थ्य, आत्म–सम्मान र भावनात्मक सन्तुलनका विषयमा गहिरो चासो देखाए। सहभागीहरूको उत्साह र निरन्तरताले कार्यक्रमलाई आत्म–अन्वेषणको यात्रामा रूपान्तरण गर्यो।
अक्टोबर १० मा सम्पन्न दोस्रो सत्र
“Master Your Mind”
मा ९० भन्दा बढी सहभागीहरूको उपस्थिति रह्यो। २:३० घण्टाको प्रशिक्षण सत्रमा अन्तिम क्षणसम्म ६५ जना सहभागीहरूको निरन्तर उपस्थिति नै मानसिक स्वास्थ्यप्रति गहिरो समर्पणको प्रमाण बन्यो।
कार्यक्रमका प्रमुख प्रशिक्षक स्वामी अनुपम पोख्रेलज्यूले जीवनदर्शन, आत्म–चिन्तन र सकारात्मक सोचका विषयमा गहिरो मार्गदर्शन गर्नुभयो। उहाँका शब्दहरू केवल ज्ञान थिएनन् — ती त आत्म–जागरणका झिल्का थिए। प्रश्नोत्तर सत्रमा सहभागीहरूको जिज्ञासालाई सरल र जीवनदर्शी शैलीमा सम्बोधन गर्दै उहाँले आत्म–अन्वेषणको मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो।
डिस्ट्रीक्ट ३२५P का गभर्नर एमजीएफ बालाराम भट्टराईज्यूले यात्रामा रहँदा पनि शुभकामना सन्देश पठाउँदै कार्यक्रम संयोजकको खुलेर प्रशंसा गर्नुभयो। उहाँको सन्देशले नेतृत्वको संवेदनशीलता र एकताको भावना उजागर गर्यो।
कार्यक्रमको संचालन, अध्यक्षता तथा शुभकामना सन्देश प्रस्तुत गर्ने जिम्मेवारी लियो सदस्यहरूले निर्वाह गर्नु गर्वको विषय बन्यो। यसले युवा नेतृत्वको सशक्त उपस्थिति र भावनात्मक परिपक्वता दर्शायो।
कार्यक्रम संयोजक लायन बिष्णु कुवरले सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्य, समझदारी र संवेदनशीलता कायम रहोस् भन्ने कामना गर्नुभयो। उहाँले सहभागीहरूको उपस्थिति र समर्पणलाई अभियानको आत्मा भनेर सम्बोधन गर्नुभयो।
कार्यक्रममा डिस्ट्रीक गभर्नर पिएमजेएफ
लायन बालाराम भट्टराई, पुर्व गभर्नरहरु, ग्लोबल मेन्टल हेल्थ कोअर्डिनेटर लायन ओम कुमार श्रेष्ठ, लायन उमेश चन्द्र आचार्य, सिनियर लायन्स लिडरहरु, लायन्स क्लबका प्रेसिडेन्टहरु, लियो डिस्ट्रीक प्रेसिडेन्ट लियो प्रवेश कुमार कार्की तथा लियो क्लबका अध्यक्षहरु तथा लायनहरुको सक्रिय सहभागिता रहेको थियो ।
लायन्स अन्तर्राष्ट्रियले अक्टोबर ४-१२ लाई Mental Health & Well – Being Service Week को रुपमा मनाउन आह्वान गरे अनुरुप यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।