गुल्मी: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको बाह्रौं अधिवेशन यहि चैत्र २६ गते तम्घासमा हुने भएको छ ।
२०८१ चैत्र १८ गते बसेको जिल्ला पदाधिकारी बैठकले चैत्र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले बताए ।
अधिवेशनमा एकीकृत समाजवादीका केन्द्रिय उप महा सचिव लुम्बिनी प्रसाद ईन्चार्ज तथा पुर्व मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व मन्त्री सोम प्रसाद पाण्डे, पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री राम कुमारी झाक्री, पोलिट्ब्युरो सदस्य अब्दुल हुसेन खा , केद्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज प्रमेश पोखरेल , केन्द्रीय सदस्य यादव रायमाझीले सम्बोधन गर्ने बताईएको छ ।
तम्घासको बाल मन्दिरमा हुने अधिवेशनमा गुल्मी जिल्लाका समाजवादी पार्टीमा आस्था राख्ने सम्पुर्ण क्रियाशिल सदस्यहरुलाई सुचना गरिसकिएको पार्टीका जिल्ला उपाध्यक्ष राम मल्ल ठकुरीले बताए ।