केशव खड्का, गुल्मी: निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनको आयोजनामा शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्य तालिम संचालन गर्ने भएको छ ।
फाल्गुण ८ गतेदेखि १५ गतेसम्म नेशनल प्याब्सनमा आवद्ध निजि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई तालिम संचालन गरेको नेशनल प्याब्सन गुल्मीका अध्यक्ष ओम बहादुर टन्डनले बताउनु भयो ।
फाल्गुण ८ गते शुक्रवार छत्रदेवी एभरग्रीन ई. बोर्डिङ स्कुल छ्त्रकोट- २, गुल्मीमा उद्घाटन गरि ९ गते शनिवार वडागाउँ ज्ञानकुन्ज ई. बोर्डिङ स्कुल, मुसिकोट-३, ठुलोपोखरा, १० गते आईतबार गोल्डन फ्युचर एकाडेमी, वामी, ११ गते सोमबार दीपज्वती ई. बोर्डिङ स्कुल ईन्द्रेगौडा, १२ गते र १३ गते भानु ई. बोर्डिङ स्कुल चन्द्रकोट, १४ र १५ गते गण्डकी ई. बोर्डिङ स्कुल तम्घास र लिटिल स्टार ई. बोर्डिङ स्कुल उर्लेनीमा हुने संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज कुमार गुरुङले बताउनु भयो ।
अभिभावकत्व तालिम मार्फत अभिभावकलाई सचेत बनाई अहिलेको AI को युगका बच्चालाई सहि मार्गमा लैजानका साथै गुणस्तरीय , व्यावहारिक, प्राविधिक शिक्षा प्रदान गरि विश्वसङ प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न तालिमले सहयोग गर्ने संस्थाका सह सचिव बसन्त अधिकारीले बताउनु भयो ।

