छड्के न्युज,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसिआर परिक्षण गर्दा ३४ जना र एन्टिजेन परिक्षण गर्दा ६८ जना गरि १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको सत्यवती गाउँपालिकामा २६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै छत्रकोट गाउँपालिकामा २४ जना,मुसिकोट नगरपालिकामा १२ जना,मालिका गाउँपालिकामा ९ जना, रुरुक्षेत्र गाउँपालिका,गुल्मीदरवार गाउँपालिका र धुर्कोट गाउँपालिकामा ७(७ जना,मदाने गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाकै रेसुङ्गा नगरपालिकामा ३ जना,इस्मा गाउँपालिका र कालिगण्डकी गाउँपालिकामा १(१ जना गरि १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ५ सय ६७ पुगेको छ।त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८० रहेको छ । यो संगै गुल्मीमा अहिले सम्म कुल ४ हजार ४ सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा न ५ निवासी ६२ वर्षिय पुरुषको मृत्यु भएको हो। गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९४ पुगेको छ।

