गुल्मी: मुसिकोट-३, मैदानमा अवस्थित पृथ्वी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
चैत्र ३ गते भएको उक्त कार्यक्रमबाट मदनदिप घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ जसको सदस्यहरु रामेश्वर रिज्याल, अर्जुन परियार, सकुन्तला घिमिरे, सीता सुनार, चमेली परियार रहनु भएको छ भने सदस्य सचीव विद्यालयका प्रधानध्यापन टीका बहादुर घर्ति रहनुभएको छ समितिको पदेन सदयमा वडा अध्यक्ष शकर बहादुर रायमाझी र शिक्षक प्रतिनिधि सीता पाण्डे रहेको विद्यालय स्रोतले बताएको छ ।
मंगलबार बसेको अभिभावक भेलाले पुर्व शिक्षक यम बहादुर थापाको संयोजकत्वमा ९ सदस्यिय शिक्षक अभिभावक संघ समेत गरेको छ ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, पत्रकार, संघ संस्था प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

