बडागाऊँ 24 न्युज संचालक समिती र मुसिकोट युवा क्लब मुसिकोट-४, को आयोजना खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम माघ २४, २५ र २६ गते मुसिकोट ४ हलोगाडे बजारमा हुने भएको छ ।
“खेलकुद स्वास्थ्यका लागि स्वास्थ्य जिवनका लागि” भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।
मुसिकोट ४ हलोगाडे आसपासका देश बिदेश तथा गाउँमा रहेका सबै युवाहरुलाई जोडेर कार्यक्रम गर्न लागिएको बडागाऊँ 24 न्युज संचालक समिती अध्यक्ष त्रिचन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।
भलिबल कार्यक्रममा प्रथम पुरस्कार रु ३५००० मेडल र प्रमाणपत्र, द्दितिय पुरस्कार रु २५००० मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु १५००० मेडल र प्रमाणपत्र, सान्तवना पुरस्कार रु ७००० मेडल र प्रमाण रहेको खेलकुद संयोजक सागर शाहीले बताउनु भयो ।
भलिबल खेल प्रचलित टिटि सिस्टममा खेलाईने, एक टिममा खेलाडी ९ जना हुनु पर्ने, कागजात औपचारिक नाम दर्ता हुँदा नै बुझाउनु पर्ने संयोजक सागर शाहीले बताउनु भयो ।
भलिबल खेलको टिम दर्ता २०८१ माघ २४ गते बिहान १० बजेसम्म गरिसक्नु पर्ने, दर्ता शुल्क रु १००० लाग्ने आयोजकले बताएको छ ।
भलिबलको साथमा खुल्ला एकल रेकर्ड डान्स प्रतियोगिता समेत हुने आयोजकले बताएको छ । रेकर्ड डान्स तर्फ प्रथम पुरस्कार रु ३००० र प्रमाणपत्र, द्दितिय पुरस्कार रु २००० र प्रमाणपत्र, तृतीय पुरस्कार रु १००० र प्रमाणपत्र रहेको दर्ता निशुल्क गरिने कार्यक्रमका सचिब महेन्द बगालेले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकले बताएको छ ।