बसन्त अधिकारी, गुल्मी: कृष्णहरि सापकोटा आँखा उपचार केन्द्र मुसिकोटको आयोजनामा २ दिने निशुल्क मोतियाबिन्दुको अपरेसन सम्पन्न भएको छ ।
२०८१ फाल्गुणको ४ र ५ गते श्रीकृष्ण हरि सापकोटा आँखा उपचार केन्द्र वामी टक्सारमा द्वारा संचालित दुई दिने निःशुल्क मोतियबिन्दुको आँखा अपरेसन शिविरमा २०७ जनाको आँखाको जाँच गरेको उपचार केन्द्रका प्रमुख अनिसा आचार्यले बताउनु भयो ।

मोतियाबिन्दुको समस्या भएका ३४ जना बिरामीहरूको सफलतापूर्वक अप्रेशन गरिएको उपचार केन्द्रका अध्यक्ष अग्निधर लोहनीले जानकारी दिनुभयो ।
उक्त अप्रेशन नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाको प्रा . डा , निर्देशक डा. शुशिला पटेल र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक टिम, स्वयंसेवक सेवकको भूमिका मुसिकोट युवा क्लब र लियो क्लब अफ गुल्मी सालिमेले गरेको केन्द्रका अफथाल्मिक टेक्निसियन दिपेन्द्र ज्ञवालीले बताउनु भयो ।

नि: शुल्क आँखा अप्रेशन शिविरको आयोजक नेपाल नेत्र ज्योति संघ कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामीटक्सार रहेको थियो ।

