गुल्मी, मुसिकोट: मुसिकोट वडा नं. २ का युवाहरुको आयोजनामा खुल्ला लुडो प्रतियोगिता हुने भएको छ ।
अत्यान्तै रोचक र बुद्धि लडाउने खेल लुडोले पछिल्लो समय युवाहरुको मन जित्दै गएकोले केहि फरक गरौं भन्ने हुटहुटी बोकेका मुसिकोट २ का युवाहरुले यहि साउन १७ गते शनिवार बिहान ठिक १० बजेदेखि मुसिकोट-२, देउरालीको प्राङ्गणमा खुल्ला लुडो प्रतियोगिताको आयोजना गरिएको युवा ब्यवसायी दिनेश घिमिरेले बताए ।
सहभागीले रु ५०० दर्ता शुल्क बुझाउनु पर्ने भएकोले ईच्छुक खेलाडीलाई रकम तिरेर नाम दर्ता गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १०,००० मेडल र प्रमाणपत्र, द्दितिय पुरस्कार रु ६,००० मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक युवा व्यवसायी कैलाश घिमिरेले बताए । नाम दर्ता रु ५०० लाग्ने र ईच्छुक खेलाडीहरुलाई नाम दर्ता गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।
गुल्मी जिल्लाभित्रका सम्पूर्ण खेलाडीहरूका लागि अनिवार्य रूपमा भौतिक उपस्थिति हुनुपर्नेछ, साथै अन्य जिल्लाबाट तथा विदेशबाट इच्छुक खेलाडीहरूले अनलाइन मार्फत सहभागिता जनाउन सक्ने आयोजक युवा रोहित सिंह ठकुरीले बताएका छ्न ।
खेल नयाँ र फरक भएकोले अत्यान्तै रोमान्चक हुने देखिएको छ ।