मुसिकोट वचत तथा ऋण सहकारी संस्था लि. राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुने मुसिकोटको पहिलो सहकारी बनेको छ ।
आफ्नो उदेश्य बचत तथा ऋण हुने गरि संचालित सहकारीहरुलाई अनिवार्य राष्ट्रिय सहकारी नियमन प्राधिकरण दर्ता गर्नुपर्ने नियम अनुसार आफ्ना हाल सम्मका कारोवारका विविरण दाखिला अन्य सम्पुर्ण नियम पुरा गरि मुसिकोट-३ ठुलोपोखरामा २०७६ सालदेखि संचालित मुसिकोट वचत तथा ऋण सहकारी संस्था मुसिकोटकै पहिलो दर्ता प्रक्रिया पुरा गर्ने सहकारी बनेको हो ।
मुसिकोट नगरपालिकामा दर्ता भै संचालित सहकारी मध्य यो सहकारी पहिलो सहकारी बनेको हो ।

