गुल्मी – आज फागुन १५ गते राष्ट्रिय मगर दिवस ।मगर दिवसको अवसरमा गुल्मी जिल्लाका तिन स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
तिन वटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
सार्वजनिक बिदा अनुसार पालिका भित्रका वडा कार्यालयहरु, विद्यालय ,स्वास्थ्य संस्था तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।

