बसन्त अधिकारी
गुल्मी, मुसिकोट: रुपन्देही गुल्मी मुसिकोट सम्पर्क समाजको आयोजनामा हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रमको आयोजना हुने भएको छ ।
संस्थाले २०८२ भाद्र ५ गते बिहिवारका दिन व्लुबेल पार्टी प्यालेस, ड्राईभरटोलमा ठिक ११ बजेबाट तिज मिलन कार्यक्रम आयोजना गर्ने भएको हो ।
“सुख, दुख, समभाव समृद्ध, समाज निर्माणको बलियो आधार, निरन्तरत समाज सेवामा निरन्तर मुसिकोट सम्पर्क समाज” भन्ने मुख्य उदेश्य बोकेर मुसिकोटका नागरिकको दुख सुखमा साथ दिदै आएको सम्पर्क समाजले विषेश गरि गुल्मीको मुसिकोट वडा नं. २,३ र ४ बाट जागिर पेशा व्यवसाय तथा बिभिन्न प्रयोजनले रुपन्देहीमा आएर बस्नुहुने आम नागरिक संग मिलन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष समाजसेवी जोवन सिंह ठकुरीले बताउनु भयो ।
मुसिकोटमा जन्मिएर कर्मका शिलशिलामा रुपन्देहीमा आएर बस्नुहुने तथा मुसिकोटमा रहनुहुने सबै एक एर्काका परिपुरक भएको र सबैजना मिलेर अगाडी बढ्न सके तमाम व्यक्तिगत व्यवसायिक तथा सामाजिक काम गर्न सहज हुने र जस्तोसुकै अप्ठ्यारो अवस्था पनि सामना गर्न सकिने हुँदा सबैलाई आफ्नो जन्मभुमीको माया स्वरुप सम्पर्क समाजमा गोलबन्द भई अगाडी बढ्न अध्यक्ष ठकुरीले अनुरोध गर्नुभयो ।
यही भाद्र ५ गते तिजको अवसरमा एक एर्काबिच चिनजान तथा भेटघाटको कार्यक्रमको अवसर जुराएकोले एकदिनको लागि सबैले समय निकालेर उपस्थितिको लागि समेत अध्यक्ष ठकुरीले अनुरोध समेत गर्नु भएको छ ।

