रेबिज लागे मृत्यु निश्चित छ त्यसैले जोगिन के गर्ने
🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕
रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।
🐕🐕रेबिज कसरी सर्छ ?
रेबिज (Rabies) एक गम्भीर भाइरल रोग हो, जुन सामान्यतया जंगली जनावरहरू जस्तै कुकुर, चमेरो, स्याल, बाँदर आदिको टोकाइबाट मानिसमा सर्छ। यो रोग रेबिज भाइरस (Rabies Virus) का कारण हुन्छ, जुन लाइसाभाइरस (Lyssavirus) परिवारको हो। यो भाइरसले मस्तिष्क र स्नायु प्रणालीलाई असर गर्छ, र यदि समयमै उपचार नगरेमा यो प्राणघातक हुन्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
🐕🐕रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?
अत्यधिक र्याल काढ्ने,
जे पायो त्यही टोक्ने,
उत्तेजित हुने,
थकित भएर बस्ने,
आवाज परिवर्तन हुने,
पछाडिको भाग पक्षाघात हुँदै जाने ।
🐕🐕 रोकथाम:जनावरले टोकेमा तुरुन्त साबुन र पानीले राम्ररी धुनुहोस्।
कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने
रेबिजविरुद्धको खोप (Anti-Rabies Vaccine) तुरुन्त लिनुहोस्, जुन टोकाइको २४-४८ घण्टाभित्र प्रभावकारी हुन्छ।
घरपालुवा जनावरहरूलाई नियमित खोप उपचार:यदि लक्षणहरू देखिइसके भने, रेबिजको कुनै प्रभावकारी उपचार छैन र यो लगभग सधैं घातक हुन्छ।टोकाइपछि तुरुन्त चिकित्सकीय सहायता लिनु नै जीवन रक्षाको एकमात्र उपाय हो ।