गुल्मी । विषालु च्याउ खाँएका एकै परिवारका ३ जना बिरामी परेका छन् ।
बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ अन्तर्गत दिगामचौरका ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गीता कुमाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी गङ्गा बहादुर सारुका अनुसार हिजो दिउँसो जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि रातिनै बिरामी परेका थिए ।
बिरामीहरुमा टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछी हिजै उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको सूचना अधिकारी सारुले बताए ।