बसन्त अधिकारी, गुल्मी: विश्व संगीत दिवसको अवसरमा नन्दनी गौशालालाई सहयोग हस्तान्तरण कार्यक्रममा हुने भएको छ ।
“हाम्रो चाहना लोक संस्कृतिको जगेर्ना” भन्ने मुल उदेश्यका साथ लोक तथा दोहोरी गीत क्षेत्रमा अगाडी बढिरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,कार्यसमिति रुपन्देहीले आयोजनामा २०८१ असार ७ गते शनिवार नन्दनी गौशाला बुटवल-७, दीपनगरमा बिहान ८ बजेदेखि सहयोग हस्तान्तरण कार्यक्रम हुने कार्यक्रम संयोजक लोक तथा दोहोरी गायिका सम्झना रणपालले बताउनु भयो ।
गौशाला संचालनमा सहज होस भनि सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष लोक तथा दोहोरी गायक विजय सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका चर्चित कलाकारहरुको साङ्गितिक प्रस्तुति समेत रहने संस्थाका सचिब विधान कार्कीले बताउनु भयो ।
उक्त पुनित कर्ममा आफु सक्दो सहयोग तथा उपस्थितिका लागि आयोजकले सम्पुर्णलाई अपिल गरेको छ ।
स्मरण रहोस लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कार्य समिति रुपन्देहीले गीत संगीतको साथै अन्य धेरै रचनात्मक सामाजिक काम गर्दै आईरहेको छ ।