बसन्त अधिकारी, गुल्मी: चर्चित लोक तथा दोहोरी गायिका सम्झना रणपालको नयाँ गित “हाम्रो माया अजम्बरी” बजारमा आएको छ ।
पछिल्लो समय अत्यान्तै व्यस्त कलाकार सम्झना रणपाल र गुल्मेली चर्चित गायक तथा मोडल बिजय कार्कीको स्वर रहेको फरक शैलीको गित आज रिलिज भएको हो ।
करिब एक दशक भन्दा लामो समय देखि निरन्तर गित संगीतमा आवद्ध भई आफ्ना सिर्जना मार्फत स्रोता दर्शकको मन मुटुमा बस्न सफल सर्वपृय गायिका सम्झना रणपालले युवाहरूको मनोबिज्ञानलाई बुझ्दै यो गित पस्कनुभएको हो ।
गुल्मी मोडल बिजय कार्की र पार्वती श्रेष्ठले छायांकन रहेको गित samjana Ranapal युट्युव च्यालनबाट रिलिज गरिएको छ ।
युवाहरुलाई लक्षित गरि माया पिरतिलाई समेटेर बनाईएको गितको टुक्का ” न कसैको रिस छ हाम्लाई न कसैको डाहा छ, खाना लाउन पुगेकै छ जिवन यसै आहा छ” रिलिज भएको केहि घन्टामै टिकटकमा भाईरल भएको छ ।

