माधब खरेल, गुल्मी
मुसिकोटको सेरोफेरोमा रहेर शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै ६५ बर्ष देखी शिक्षा क्षेत्रमा निरन्तर योगदान पु-याउन सफल मुसिकोट नगरपालिका वडा ९ स्थित अर्लानकोट्मा रहेको सितापुर माध्यमिक बिधालयले मगलबार ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रम संगै सम्पन्न गरेको हो ।
विद्यालय ब्यस्थापन समितिका अध्यक्ष रामकृष्ण कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष भुमा गुरुङले पानसमा बती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
उद्धघाटन सत्रपछी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गर्दै आगामि दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल होस भन्ने शुभकामना व्यक्त गरे । गुरुङले स्कुलको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुँदा निक्कै गर्व महसुस गरिरहेको भन्दै यो अवसर प्रदान गरिदिएकोमा स्कुल परिवार लाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी कार्यक्रम मा बिधालय ब्यस्थापन समिती सदस्य हिम बहादुर सुनार , सीता घिमिरे ,सरस्वती बराल, समाजसेवी बिष्णु सापकोटा ,गोबिन्द सापकोटा ,बासुदेब खराल , नारायण खराल , राम प्रसाद लोध , शिक्षक अभिभावक संघ प्रदाधिकारी , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षाप्रेमी, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिधालयमै उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी , विद्यालयमा अध्यन गरि विभिन्न क्षेत्रमा सफल पुर्व विद्यार्थी , विभिन्न विद्यामा उत्कृष्ठ विद्याथी , विद्यालयलाई योगदान पुराउने शिक्षक, कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा समाजसेवी डिल्लिराज खरेल , राम प्रसाद लोध ,गोबिन्द सपकोटा , लगाएतको मनतब्य रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक लिलाकान्त न्याउपानेले विद्यालयको शैक्षिक गतिबिधि तथा आगामी योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हरेक बर्ष बिद्यार्थी संख्या घटदै गएको बताउनु भएको थियो । यस्तै बिधालय को हाल सम्मको जम्मा आम्दानी एक करोड तेह्र लाख त्रीसठठी हजार पाच सय रहेको बताउनु भएको थियो । विद्यालयका शिक्षिका कोे स्वागत मन्तव्य बिष्णु प्रसाद पाण्डे रहेको बिधाकार्यक्रमको सन्चालन शिक्षक भुवानन्द गौरेले गर्नु भएको थियो । कार्यक्रममा छिमेकी बिधालय शिक्षक बिद्यार्थी समाजसेवी गरि करिब १५० जनाको सहभागी रहेको थियो ।

