बसन्त अधिकारी, मुसिकोट गुल्मी:
स्वर्गिय समाजसेवी बुवा सुदर्शन शाक्यको सम्झनामा छोरीहरु मिरा शाक्य र सजना शाक्यले दुई लाख २६ हजारको न्यानो कपडा वितरण वितरण गर्नु भएको छ ।
मुसिकोट नगरपालिका ७ वामी टक्सार स्थायी बसोबास गर्ने आदरणीय स्वर्गिय बुवा सुदर्शन शाक्य वरिष्ठ समाजसेवी हुनुहुन्थ्यो । उहाँले वामी टक्सारको बिकासमा ठुलो योगदान पुर्याउनु भएको छ । उहाँ धेरै समितिमा रहेर बिकासको कामलाई सम्पादन गर्दै आउनुभएकोमा अचानक उहाँको हृदयघातको कारण स्वर्गरोहण हुनु भएको थियो ।
स्वर्गिय बुवाको स्मृतिमा छोरीहरु , नेपाल बैङ्क लिमिटेड वामी शाखाकी प्रबन्धक मीरा शाक्य र शाइन रेसुङ्गा बैङ्क लिमिटेड वामी शाखाकी प्रबन्धक सजना शाक्यल महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय वामी टक्सार गुल्मीका कक्षा बालविकासदेखि ६ सम्मका २२६ विद्यार्थीहरुलाइ दुई लाख २६ हजारको लागतमा न्यानो पोशाक वितरण गर्नु भएको हो ।
छोरीहरुको महान कार्यको अहिले चौतर्फी प्रशन्सा भैरहेको छ ।

