सरीता पौडेल, मुसिकोट गुल्मी: मुसिकोट नगरपालिका ३ थुममा अवस्थित थुम लालीगुराँस पार्कमा गुराँस फुलेको अवसरमा लालीगुराँस महोत्सव हुने भएको छ ।
लाली गुराँस फुलेर ढनमक्क भएको यो अवसरमा आन्तरिक पर्यटक प्रर्वधन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त अधिकारीले बताउनु भयो ।
महोत्सवका अवसरमा खुला भलिवल प्रतियोगिता, खुला रेकर्ड डान्स प्रतियोगिता, नौमती बाजा, सरायनाच, साथै बृहत सास्कृतिक कार्यक्रम साथै खानाका वभिन्न परिकार र नाईट स्टे गर्ने गरि तयारी गरिएको वडा सदस्य थम्मन बहादुर घिमिरे क्षेत्रीले बताउनु भयो ।
भलिवलतर्फ प्रथम पुरस्कार रु ३५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र, द्दितिय पुरस्कार रु २५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र साथै सेमीफाईनलमा पुग्ने टिमलाई आकर्षक पुरस्कारको ब्याबस्था गरिएको खेल संयोजक हिमाल कार्कीले बताउनु भयो ।
महोत्सवमा रेकर्ड डान्स प्रतियोगिता, सरायनाच, भैलो तथा नौमती बाजा प्रर्दशन तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने गरि कार्यक्रम तय गरिएको पुर्व वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री बताउनु भयो ।
थुमा लाली गुराँस पार्कको पर्यटन प्रर्वधन गरि आन्तरिक तथा बाह्य पर्यटन भित्राउन प्रचार प्रसार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थुम मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष तथा वडा न ४ पुर्वका वडा अध्यक्ष ओम बहादुर के.सी. ले बताउनु भयो । यो क्षेत्र धार्मिक हिसाबले पनि ऎतिहासिक महत्त्वपूर्ण रहेको साथै प्रकृतिक रुपमा पनि सुन्दर रहेकोले यसको प्रचार प्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने पुजा ब्यबस्थापन समितिका अध्यक्ष वसन्त रिज्यालेले बताउनु भयो ।
महोत्सव सम्पन्न गर्नका लागि देश तथा विदेशबाट सहयोग जुटेको, साथीहरु पुर्ण सकृयताका साथ लागिरहेको र महोत्सव यहि चैत्र १५, १६ र १७ गते रहने आयोजकले बताएको छ ।