मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिकाको आ.व. २०८०/०८१ मा भए गरेका कामहरुलाई सार्वजनिक गर्ने उदेश्यले यहि असार ३१ गते सार्वजनिक सुनुवाई हुने भएको छ ।
आ.व. २०८०/०८१ मा नगरपालिकाबाट भएका कामको प्रस्तुत र नगरबासीबाट नयाँ आ.व. का लागि सुझाव तथा गुनासा संकलन गर्ने गरि कार्यक्रमको आयोजना गरिएको मुसिकोट नगरपालिकाका प्रमुख जिवराज खरेल (जीवन) ले बताउनु भयो ।
आ. व. २०८०/०८१ मा भएका समग्र कामको सार्वजनिक सुनुवाई गरि जनताबाट आएका राय सुझावलाई लिई नयाँ आर्थिक वर्षमा समावेश गर्ने गरि कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनु भयो ।
यहि असार ३१ गते ठिक १२:३० बजेबाट मुसिकोट नगरपालिका ७ मा अवस्थित निर्माणधिन कवार्ड हलमा कार्यक्रम हुने २०८१ असार २५ गते प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीद्वारा हस्ताक्षरित सार्वजनिक सुचनामा उल्लेख छ, सुचनामा विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, उपभोक्ता समितिका पदाधिकारी, निर्माण व्यवसायी, विद्यालयका प्र.अ. तथा शिक्षक प्रतिनिधी, उद्योमी/व्यवसायी, समाजसेवी, पेशाकर्मी, संचार जगत, सरोकारवाला लगायत सम्पुर्ण मुसिकोट नगरबासीलाई उपस्थितिको लागि आव्हान गरिएको छ ।