बिष्णु प्रसाद आचार्य चकित
मुसिकोटमा स्केटिङ प्रशिक्षण केन्द्र शुरुवात हुने भएको छ । यही असोज १ गते मुसिकोटको ठुलोपोखरामा उक्त केन्द्रको समुद्घाटन हुने भएको हो ।
पछिल्लो समय बच्चा तथा युवाहरुले अत्याधिक रुचाईएको खेल स्केटिङ प्रशिक्षण मुसिकोट स्पोर्ट्स सेन्टरले संचालन गर्ने भएको हो ।बच्चालाई शरीर बलियो बनाउने र शरिरलाई सन्तुलित बनाएर हिड्नमा मद्दत गर्ने यो खेलको शुरुवात गर्न लागिएको संचालक वसन्त अधिकारीले बताउनु भयो ।
मुसिकोट स्पोर्ट्स सेन्टर औपचारिक दर्ता गरि मुसिकोटका युवाहरुलाई विभिन्न खेलमा दक्ष बनाउने उदेश्य रहेको र छिट्टै अन्य खेलहरुको संचालक गर्ने मुसिकोट युवा क्लबका अध्यक्ष समेत रहनुभएका स्पोर्ट्स सेन्टरका प्रवन्धक वसन्त अधिकारीले बताउनु भयो ।
मुसिकोटमा खेलको क्षेत्रमा धेरै राम्रो गर्ने युवा तथा विद्यार्थीहरु भएपनी पेशागत रुपमा सीप सिक्न नपाउदा पछि परेकोले स्पोर्ट्स सेन्टरको स्थापना गरिएको र सबैलाई पहुँच हुने गरि विभिन्न खेल संचालन गरिने समेत प्रवन्धक वसन्त अधिकारीले बताउनु भयो ।
दैनिक, साप्ताहिक, पाक्षिक र मासिक रुपमा प्याकेज बनाएर स्केटिङ प्रशिक्षण गराउन लागिएको स्पोर्ट्स सेन्टरले बताएको छ ।