अनिल खत्री, गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाजको ७ औं केन्द्रीय बैठक गुल्मीमा हुने भएको छ । स्वयंसेवी रक्तदाता समाजजिल्ला शाखा गुल्मीको आयोजनामा मंसिर १५ गते गुल्मी तम्घासमा केन्द्रीय बैठक आयोजना हुने भएको हो ।
केन्द्रीय बैठक गुल्मीमा हुनुको कारण र तयारी बारेमा पत्रकार भेटघाट मार्फत जानकारी गराइएको थियो । गुल्मी जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन गराउनुका साथै आम नागरिक माझ रक्तदानको बारेमा जागरुक जानकारी गराउने उदेश्यले बैठक आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको पूर्व अध्यक्ष नमराज मरासिनीले बताए ।
केन्द्रीय बैठकमा सहभागी हुन नेपाल भरका १७ सदस्यीय कार्यसमिति गुल्मी आउने भएको मरासिनीले बताए । त्यसका लागि आयोजक जिल्लाले तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
गुल्मी जिल्लाका अस्पतालमा रगत अभाव हुन नदिनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा ०६२ माघ १५ गते नेपाल रक्तदाता स्वयंसेवी रुपमा केन्द्रीय कार्यसमिति गठन भएको थियोे । गुल्मी जिल्लामा ०७६ सालमा गठन भएर स्वयंसेवी रुपमा रगतको व्यवस्थापन गर्ने कार्य गर्दै आएको नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष भेषराज पाण्डेले बताए ।
समाजले रगत अभाव परेका बिरामीको लागि नि:शुल्क रुपमा स्वयंसेवी रुपमा सेवा दिदै आएको छ । समाजमा १ सय ५० जना आजीवन सदस्य रहेका छन् ।
अहिले गुल्मी अस्पतालमा जटिल रोगका अप्रेसन बिस्तार हुँदा यहाँ रगतको खपत बढ्दै गएको छ । स्वयंसेवी रक्तदाता समाजे गुल्मी जिल्लामा १५ जना मृगौला रोगका बिरामीले रगतको सेवा लिइरहेका छन् ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२