गुल्मी: नेशनल लाईफ इन्स्योरेन्स क. लि. गुल्मी शाखाले MDRT 2026, लाई एक भब्य कार्यक्रमका साथ सम्मान गरेको छ ।
कम्पनीमा वैशाख महिनामा एजेन्सी लिएर ८ महिनामा पुर्ण तार्गेट पुरा गरि MDRT 2026 बन्न सफल वरिष्ठ एजेन्सी म्यानेजर मुक्त प्रसाद श्रेष्ठलाई एक कार्यक्रमका साथ सम्मान गरेको हो ।श्रेष्ठलाई MDRT बन्न सफल भएकोमा केक काटेर भब्य सम्मान गरिएको थियो ।

गुल्मी रुरुक्षेत्र गाउँ पालिका वडा नं. -४, रानीबास स्थायी बसोबास गर्ने श्रेष्ठ गत वैषाख महिनामा मात्र कम्पनीको एजेन्ट बनि ८ महिनाको अवधिका MDRT बन्न सफल भएको सिनियर एजेन्सी म्यानेजर प्रकाश अर्यालले बताउनु भयो ।
MDRT मुक्त प्रसाद श्रेष्ठ भुतपुर्व ईन्डियन आर्मी हुनुहुन्छ हाल उहाँ समाजसेवाको साथमा आफ्नै निवासमा व्यवसाय संचालन गर्दै आउनु भएको छ ।
सम्मान कार्यक्रममा चालु आ.व. को सबैभन्दा बढि बिमङ्कको बिमा गरि MDRT बनाउन सहयोग गर्नुहुने रुरुक्षेत्र गाउँ पालिका -४, मुसिडाडा हाल अष्ट्रेलिया रहनुहुने हिमाल थापालाई समेत टिका माला र दोसल्लाले भब्य सम्मान गरिएको थियो ।
२०४४ सालमा स्थापना भएको कम्पनीले ३८औं बसन्त पार गरिसकेको र भर्खर मात्र लन्च गरेको बोनश दरमा कम्पनी नेपालकै सबै भन्दा बढी बोनसदर लन्च भएकोले ढुक्क भएर काम गर्न कम्पनीका गुल्मी शाखा प्रमुख हरी प्रसाद भण्डारीले अनुरोध गर्नु भयो ।

कार्यक्रममा गुल्मी जिल्लामा रहेर काम गर्दै आउनु भएका वरिष्ठ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरहरुलाई समेत टिका र मालाले सम्मान गरिएको थियो ।
गुल्मी जिल्ला अन्तरगतका एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको सम्मान कार्यक्रम कम्पनीको गुल्मी जिल्ला प्रमुख हरी प्रसाद भण्डारीको अध्यक्षता वरिष्ठ एजेन्सी म्यानेजर मुक्त प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा र सिनियर एजेन्सी म्यानेजर बसन्त अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

