कपिल देब भट्ट/ दार्चुला :- नेपाल शिक्षक महासङ्ग जिल्ला समिति दार्चुलाको चौथो पुर्ण बैठक आज बसेको छ।शिक्षक महासङ्ग जिल्ला समितिका अध्यक्ष राजेश सिह सामन्तको अध्यक्षतामा बसेको बैठकले बिबिध निर्णय गर्दै सप्पन्न भएको छ कार्यक्रममा शिक्षक महासङ्ग जिल्ला समितिका पदाधिकारी सहभागी भएका थिए।
आज बसेको बैठकमा महासङ्गले बिगतमा गरेका आन्दोलनको समिक्षा गरिएको छ भने आगामी दिनका आन्दोलनमा सक्रिय सहभागी देखाउने निर्णय भएको छ। नेपाल शिक्षक महासङ्गले स्थानीय तर त जिल्ला तहको अधिबेशनका लागि कार्तिक मसान्तसम्म सदस्यता सुचि तयार गरि प्रमाणीकरणका लागि सदस्यता शुल्क सहित जिल्ला समितिमा बुझाउन जिल्ला स्थित सबै सस्थाहरुलाइ आग्रह गर्ने महासङ्गले जनाएको छ।
शिक्षक र बिद्यालय कर्मचारीको मासिक रुपमा बजेट निकासा गर्न बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारीलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक निकासा गरिदिन स्थानीय तहसङ्ग सिफारिस गर्ने साथै समन्वयककोलागि शिक्षा बिकास तथा समन्वय इकाईलाई अनुरोध गर्ने जनाइएको छ।साथै निर्णय कार्यान्वयन नभए आन्दोलनमा जाने निर्णय गरिएको शिक्षक महासङ्ग जिल्ला समिति दार्चुलाका अध्यक्ष राजेश सिह सामन्तले जानकारी दिनुभएको छ।
शिक्षकले उपभोग गर्न पाउने बिदा सम्बन्धमा विभिन्न स्थानीय तहमा हेरफेर भएको अवस्थामा शिक्षासङ्ग सम्बन्धित निर्णय गर्दा शिक्षक महासङ्गसङ्ग अनिवार्य समन्वय गर्न स्थानीय तहलाई सिफारिस गर्ने निर्णय सहित बैठक सम्पन्न गरिएको महासङ्ग को भनाइ रहेको छ।