छड्के न्युज डटकम / असोज २० गुल्मी -नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका सबै नगर तथा पालिकामा अधिबेशन सम्पन्न भएको छ । जिल्लाका अधिकाशं स्थानिय तहमा सर्बसम्मत भएको छ त कतै निर्वाचन नै भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासम अबस्थित रेसुङ्गा नगरपालिकाले आज मात्रै अधिबेशन सम्पन्न गरेको छ भने अन्य स्थानीय तहले १९ गते नै सम्पन्न गरिसकेका छन् ।
कुन स्थानीय तहमा कस्ले पाए त काङ्ग्रेस सभापतिको नेतृत्व
गुल्मीमा १९ गते नगर तथा पालिकाको अधिबेशन हुने भनिएता पनि रेसुङ्गा नगरपालिकामा हुन सकेको थिएन । ५ जनाले रेसुङ्गा नगरको सभापतिमा उम्मेद्बारी दिएका थिए । जसका कारण १९ गते सम्पन्न हुन सकेको थिएन । लामो समयको रस्साकोसी पछि २० गते रेसुङ्गा नगरको पनि अधिवेशन सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकामा नगर कार्यसमिति सभापतिमा जयश्वर पन्थी भएका छन् भने मुसिकोट नगरपालिकामा मोहन घिमिरे सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल ,धुर्कोट गाउँपालिकामा हरि बहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन ,छत्रकोट गाउँपालिकामा धातानन्द भुसालले काङ्ग्रेसको नेतृत्व पाएका छन् ।
रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल ,सत्यवती गाउँपालिकामा बिष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, कालीगण्डकी गाउँपालिकामा निम बहादुर श्रीसको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

