गुल्मी – गुल्मीमा एक जना महिलाको शब फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले बताए । चक्रेश्वर मन्दिरमा पुजाआजा गरि बस्ने महिलाको शब चन्द्रकोट गाउँपालिकाको वडानम्बर–६ हरेवा स्थित लघुबिद्युतको ड्याममा डुवेको अबस्थामा फेला परेको थियो । कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शब स्थनीयले डुवेको अबस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान चक्रेश्वर मन्दिरमा पुजाआजा गरि बस्दै आएको पाण्डेले (डिएसपी) बताउनु भयो । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिफ्लीएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्राराम्भीक अनुमान गरेको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२