स्थानिय दिलिप थापाका अनुसार, चितुवाले बाहिर निस्कने प्रयास गरेपनि बाहिर निस्कने बाटो नहुँदा अहिले पनि फर्म भित्रै छ । चितुवा नियन्त्रणका लागि सव-डिभिजन बन कार्यालय, बडिगाडमा खबर गरिएको थापाको भनाई छ । अहिले भिमगिठे प्रहरी चौकीबाट प्रहरी टोली पनि त्यहाँ पुगेको बताइएको छ ।
यस्तै बाग्लुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं ५ दाँगका देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिनुभयो ।
४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी सगैं भिरबाट तल खसेको र घटनास्थलमै ज्यान गएको पाईजाले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरीले मुचुल्का गरिरहेको छ । शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ ।