१२ कात्तिक २०७८, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । प्राथमिक शेयरको नतिजा केहि समय पछि मात्रै थाहा पाउन सकिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
कम्पनीको प्राथमिक शेयर ८ लाख १९ हजारले १०/१० कित्ताको दरले प्राप्त गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका हुन् ।
कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त अवधिमा २३ लाख ९० हजार भन्दा धेरैले तीन करोड ४२ लाख कित्ता भन्दा धेरैका लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये ९५ हजार भन्दा धेरैको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँडफाँडका लागि भने २२ लाख ९४ हजार मात्रै योग्य भएका छन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।