काठमाडौ -नेपाली समाजमा आईपीओ प्रति आम लगानीकर्ताको निकै आकर्षण बढेको छ । प्राथमिक शेयरमा एक सय रुपैयाँ लगानी गरेर हजारौं रुपैयाँ पाइने भएकाले शेयर बजारमा आईपीओ भर्नेको संख्या निकै छ ।
विदेशी लगानी गरेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आईपीओ निष्कासनको खबरले आम लगानीकर्ता उत्साहित छन् । आईपीओ निष्कासनकालागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा परिणत गएको छ । एनसेल आईपीओ निष्कासनको तयारीमा छ ।
एमसेलले आईपीको निकाल्दा बुकविल्डिङ विधिबाट प्रिमियम मूल्यमा निकाल्नेछ । करिब १५० रुपैयाँको हाराहारीमा प्रतिसेयर नेतवर्थ रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दा प्रतिकित्ता ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो ।
एनसेलको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । एनसेलको शेयर ओटीसी (ओभर दि काउन्टर) बजारमा एक कित्ताकै १ लाख २४ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो।