कृष्ण अन्जान/ कार्तिक २६, गुल्मी /छ्ड्के न्युज डटकम गुल्मीकाे पुर्विभेगमा याढुँगकाे आलु लाेकप्रिय छ । यतिवेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारिमा डमक्कै आलु लगाउने तयारी याढुँग वासिले गरेका छन ।साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २ ग्वादीकाे कालिगण्डकिकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँ सताव्दियाैँ देखि आलु खेतिका लागि प्रसिद्ध छ ।
पहिले स्थानीय जातकाे सेताे आलु लगाउने र अन्नसँग आलु साट्ने गरेकाे याढुँगका पुराना आलु कृषक डिल बहादुर कुँवर बताउँछन् । थाेर्गा, भट्कुवा, ग्वादि सँगै स्याङ्जाकाे कारिकाेट, किपट पाल्पाकाे कुसेनि लगायतका क्षेत्रबाट यहाँ अन्न बाेकेर आलुसँग साट्न आउने गरेकाे सम्झना गर्छन । किसान डिल बहादुर ।समयकाे माग सँगै यसक्षेत्रका किसानहरु परम्परागत कृषि प्रणाली बाट व्यवसायीक आलु खेती तर्फ माेडिए । खेतबारीमा रैथाने आलुकाे बीउ प्रयाेग गर्दै आएका याढुँगका किसानहरुले उन्नत जातका आलुका विउहरु लागाउन थालेपछि आलु उत्पादन बढेकाे याढुँगका युवा किसान रामु कुँवरले बताए ।
यतिबेला याढुँग गाउँका किसानकाे बारी साेँठे र लाेर्के राताे जातकाे आलुले छपक्कै ढाकेकाे छ ।करिव ८० घरधुरी रहेकाे याे गाउँमा सबैले आलुकाे खेति गर्छन र वार्षिक ७० देखि ८० लाख सम्मकाे आलु विक्रि हुने गरेकाे किसान रामु कुँवरले जानकारी दिए ।त्यसाे त गतवर्ष स्थानिय तहले किसानलाई आलु खेतिकाे प्राविधिक तालिम सहित टिपिएस जातकाे आलुकाे बीउ वितरण गरेपनि उक्त बीउ काे उत्पादन याढुँग गाउँमा न्यून भएकाे र सफल नभएकाे किसानहरुकाे भनाइ छ ।
लाेर्के राताे र साेँठा जातकाे आलु एक राेपनिमा १५ देखि २० क्विन्टल फल्ने गरेकाे तर सरकारले व्यवस्थापन गरेकाे टिपिएस जातकाे आलु राेपनीमा मात्र १ देखि २ क्विन्टल फलेपछि आलुकाे बीउ परिवर्तन गर्नु परेकाे कृषक हुम बहादुर कुवँर भन्छन ।मुख्यतया बीउ र मल यसक्षेत्रका आलु किसानकालागि उपलब्धताकाे समस्या रहेकाे र लकडाउनकाे समयमा मल ४ हजार रुपैया क्विन्टलसम्म किन्न किसान बाध्य भएकाे याढुँगका आलु किसानले बताए ।
कालिगण्डकी करिडाेरकाे रिडी रुद्रवेणि सडक खण्डकाे नजिकै पर्ने याडुँग क्षेत्र आलु उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा विकास हुँदै छ भने स्थानिय स्वाद पस्कने गरि याढुग बासिहरुले हाेमस्टे सन्चालनकाे तयारी समेत शुरु गरेका छन ।