२९ कार्तिक, काठमाडौं । अपि पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
अपि पावरले १० दशमलव ५० प्रतिशत बोनस शेयर बापतको २६ लाख २१ हजार ५९४ कित्ता र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर बापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो ।
सूचीकृत उक्त शेयर मंगलवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।