मनोज कार्की /छड्के न्युज डटकम/ गुल्मी, ०५ मंसिर – जिल्ला स्वास्थ्य कार्यलयको आयोजना तथा राष्ट्रिय ग्रामिण तथा सामुदायिक बिकाश केन्द्र (नार्डेक) नेपालको समन्वयमा एचआईभी रोकथामका लागी जिल्ला स्तरिय समन्वय तथा समिक्षा बैठक सम्पन्न भएको छ । आइतबार रेसुङ्गा नगरपालिका चारीखोलामा अबस्थित होटल मझेरी एग्रो रिसोर्टमा समिक्षा बैठक सम्पन्न भएको हो ।
नार्डेक नेपालले गुल्मी र पाल्पाबाट भारतमा जाने आउने प्रवासी तथा तिनीहरुका दम्पत्तीलाई केन्द्रित गरी एचआईभी टेष्ट तथा रोकथामका कार्यक्रम गर्दै आएको कार्यक्रमका संयोजक ढाल बहादुर पछाईले बताए । समिक्षा बैठकको सहजीकरण गर्दै कार्यक्रमका संयोजक पछाईले कार्यक्रम संचालन भएका दुई जिल्लाका स्थानिय तहमा फिल्ड कर्मचारी खटाएर मासिक लक्ष्यका साथ एचआईभी र टिवी टेष्ट लगायतका स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा नार्डेक नेपाल तथा एच.आई.भी. रोकथाम कार्यक्रम सम्बन्धि गतिविधि,ए.आर.टी.,हाम्रो जीवन प्लसका गतिविधि, जिल्लामा संक्रमित र तिनीहरुको उपचार सम्बन्धि उपचारबारे जानकारी,विपन्न एचआइभी संक्रमित र जोखिम समूहका लागी खाद्य सामग्री बितरण लगायतका बिषयमा बिभिन्न सरोकारवाला संग छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौड्यालले यस कार्यक्रमले समुदायमा सबै भनदा पछाडी परेका नागरिकमा केन्द्रित भई त्यस्ता वर्गलाई अगाडि ल्याउनु पर्ने बताए । नार्डेक नेपालद्धारा संचालित कार्यक्रमलाई आफू र आफ्नो कार्यालले सवैद सहयोग रहने प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी पौड्याले प्रतिबद्धता ब्यक्त गरे ।
नार्डेक नेपालले संचालन गरेको कार्यक्रम नोपल सरकार भएकाले सबै समु्दायका कुना कुनामा पुगेर नागरिकको स्वास्थ्य चेकअपमा क्वालेटी र लिएको लक्ष्य पूरा गर्ने स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख तथा कार्यक्रमका अध्यक्ष पशुपति आर्चायले नार्डेक नेपाललाई आग्रह गरेका छन् । फिल्डमा खटिने कर्मचारीलाई बिशेष निर्गानीमा राखेर अगाडि बढ्न सकेमा नार्डेक नेपालले आफ्नो उदेश्य पुरा गर्न सक्ने कार्यक्रमका अध्यक्ष आर्चायले बताए ।
कार्यक्रममा बोल्दै नार्डेक नेपालले संचालनमा गरेको कार्यक्रम अझै प्रभाबकारी बनाउन गुल्मी अस्पत्तालका प्रमुख उत्तम पच्याले आग्रह गरेका थिए । २०५६ सालमा स्थापना भएको राष्ट्रिय ग्रामिण तथा सामुदायिक बिकाश केन्द्र (नार्डेक) नेपाल गुल्मीका ७ स्थानिय तहमा संचालनमा छ भने पाल्पा जिल्लाका ५ स्थानिय तहमा संचालित छ ।
समिक्षा बैठक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौड्य , स्वास्थ्य कार्यलयका प्रमुख पशुपति आर्चाय,जिल्ला समन्वय अधिकारी बिजय कार्की , प्रहरी प्रमुख गोपाल चन्द्र भट्राई , उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थी , नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, नार्डेक नेपाललका उपाध्यक्ष गुणनिधि शर्मा, गुल्मी अस्पताल प्रमुख उत्तम पच्या, कोभिड अस्पतालका फोकल पर्सन रामराज बिष्ट लगायत बिभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो ।कार्यक्रमको संचालन नार्डेक नेपालका लेखा अधिकृत पुनराम घिमिरेले गरेका थिए ।