तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो । उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।
सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । सर्वसाधारणले भने सडक डिभिजन कार्यालयले बाटो बन्द गर्न सूचना निकाल्ने तर बाटो बन्द भएका बेला ठेकेदारलाई काम द्रुत गतिमा गराउनेतर्फ भने ध्यान नदिएको गुनासो गर्दैै आएका छन् ।
भएका बाटा समेत सुधार गर्न नसकेको सडक डिभिजन कार्यालयले बाटो मर्मत तथा सुधार गर्ने नाममा सर्वसाधारणलाई सास्ती दिएर समयमा काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।( इरानिमहल)